Kathmandu Press

कोभिडका कारण न्युजिल्याण्डकी प्रधानमन्त्रीको बिहे रद्द

वेलिंग्टन, माघ ९ : न्युजिल्याण्डकी प्रधानमन्त्री जसिन्डा आर्डर्नले बढ्दो ओमिक्रोन सङ्क्रमणका कारण आफ्नो बिहे रद्द गरेको जानकारी दिएकी छन्। उनले नियमित पत्रकार सम्मेलनमा आइतबार बिहे...
कोभिडका कारण न्युजिल्याण्डकी प्रधानमन्त्रीको बिहे रद्द

वेलिंग्टन, माघ ९ : न्युजिल्याण्डकी प्रधानमन्त्री जसिन्डा आर्डर्नले बढ्दो ओमिक्रोन सङ्क्रमणका कारण आफ्नो बिहे रद्द गरेको जानकारी दिएकी छन्। 

उनले नियमित पत्रकार सम्मेलनमा आइतबार बिहे कार्यक्रम हाललाई अगाडि नबढ्ने जानकारी दिएकी हुन्। 

बिहे, भोज र अन्य मनोरञ्जनात्मक कार्यक्रम जहाँ मानिसको ठूलो भीड हुने गर्छ हाललाई सबै त्यस्ता कार्यक्रम स्थगित गर्न सुझाव समेत दिएकी छन्। यहाँको सरकारले थप स्वास्थ्य सतर्कता अपनाउँन समेत सबैमा आग्रह गरेको छ।

प्रकाशित मिति: ११:५९ बजे, आइतबार, माघ ९, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्