Kathmandu Press

प्रचण्डपत्नी सीता दाहाललाई कोरोना संक्रमण पुष्टि

काठमाडौं, माघ ९ : नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पत्नी सीता दाहाललाई कोरोना संक्रमण पुष्टि भएको छ। दुई दिनअघि गरिएको पीसीआर परीक्षणमा उनलाई कोरोना पुष्टि...
प्रचण्डपत्नी सीता दाहाललाई कोरोना संक्रमण पुष्टि

काठमाडौं, माघ ९ : नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पत्नी सीता दाहाललाई कोरोना संक्रमण पुष्टि भएको छ। 

दुई दिनअघि गरिएको पीसीआर परीक्षणमा उनलाई कोरोना पुष्टि भएको हो। उनको ललितपुरस्थित मेडिसिटी हस्पिटलमा उपचार भइरहेको छ। स्वास्थ्यमा समस्या देखिएपछि मेडिसिटी अस्पताल भर्ना गरिएको हो। 

उनको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको  अस्पतालले जनाएको छ। 

यसअघि प्रचण्डलाई पनि कोरोना देखिएको थियो। उनी संक्रमणमुक्त भई नियमित काममा फर्किसकेका छन्। 
 

प्रकाशित मिति: ११:४६ बजे, आइतबार, माघ ९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्