Kathmandu Press

ओली दम्पत्तीलाई कोरोना संक्रमण 

केही दिनदेखि स्वास्थ्यमा असहजता देखिएपछि शनिबार परीक्षण गर्दा दुबै जनालाई  कोरोना पोजेटिभ देखिएको हो।  
ओली दम्पत्तीलाई कोरोना संक्रमण 
फाइल तस्बिर

काठमाडौं, माघ ९ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र उनकी श्रीमती राधिका शाक्यलाई कोरोना संक्रमण भएको छ। 

केही दिनदेखि ओलीको स्वास्थ्यमा असहजता देखिएपछि शनिबार टेष्ट गर्दा दुबै जनालाई  कोरोना पोजेटिभ देखिएको हो।  

हाल उनी बालकोटस्थित आफ्नै निवासमा स्वास्थ्यलाभ गरिरहेका छन्। कोरोना संक्रमित भएपछि ओलीले गर्ने भनेको पत्रकार सम्मेलन स्थगित भएको छ।

यसअघि एमाले उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखर र उपमहासचिव पृथ्वी सुब्बा गुरुङलाई पनि कोरोना संक्रमण देखिएको थियो। 

प्रकाशित मिति: ११:१८ बजे, आइतबार, माघ ९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्