Kathmandu Press

ललितपुरको सुनाकोठीस्थित बालकुमारी मन्दिरको पुरानो मूर्ति चोरी 

काठमाडौं, माघ ९ : ललितपुरको सुनाकोठीस्थित बालकुमारी मन्दिरबाट मूर्ति चोरी भएको छ। मन्दिरका पुजारी बिहान ४ बजे नित्य पूजा गर्न जाँदा मूर्ति नदेखिएपछि स्थानीय जनप्रतिनिधि...
ललितपुरको सुनाकोठीस्थित बालकुमारी मन्दिरको पुरानो मूर्ति चोरी 

काठमाडौं, माघ ९ : ललितपुरको सुनाकोठीस्थित बालकुमारी मन्दिरबाट मूर्ति चोरी भएको छ। 

मन्दिरका पुजारी बिहान ४ बजे नित्य पूजा गर्न जाँदा मूर्ति नदेखिएपछि स्थानीय जनप्रतिनिधि  र प्रहरीलाई खबर गराएका हुन्। प्रहरीका अनुसार पित्तलबाट बनाइएको दुई फिट अग्लो र डेढ फिट चौडाई भएको पुरानो मुर्ति चोरी भएको हो। 

स्थानीय जनप्रतिनिधिका अनुसार मन्दिर प्रवेश गर्न चारवटा गेट क्रस गर्नुपर्छ । त्यहाँ लगाइएका नौवटा ताला खोलेपछि मात्र मन्दिरमा प्रवेश गर्न सकिन्छ । ती सबै ताला फोडेर मुर्ति चोरिएको हो ।

मुर्ति चोरी भएको सूचना प्राप्त भएपछि खोजीकार्य सुरु गरिएको जिल्ला प्रहरी कार्यालय ललितपुरका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक यज्ञविनोद पोखरेलले जानकारी दिएका छन्।  

प्रकाशित मिति: ११:०९ बजे, आइतबार, माघ ९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्