Kathmandu Press

इँटाभट्टामा भारतीय महिला मजदुरको मृत्यु

बनियानी, माघ ९ : झापाको कचनकवल गाउँपालिका–५ स्थित स्टार इँटा उद्योगमा एक भारतीय महिला मजदुरको मृत्यु भएको छ । इँटाभट्टाको चिम्नी लिप्ने क्रममा शनिबार दिउँसो...
इँटाभट्टामा भारतीय महिला मजदुरको मृत्यु

बनियानी, माघ ९ : झापाको कचनकवल गाउँपालिका–५ स्थित स्टार इँटा उद्योगमा एक भारतीय महिला मजदुरको मृत्यु भएको छ । 

इँटाभट्टाको चिम्नी लिप्ने क्रममा शनिबार दिउँसो इँटा र माटोले च्यापिएर  पश्चित बङ्गालकी ३५ वर्षीया अमिना खातुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिए।

इँटा र माटोले च्यापिएर गम्भीर घाइते भएकी खातुनलाई मेची प्रादेशिक अस्पताल भद्रपुर लगिएको थियो । उनीको उपचारकै मृत्यु भएको प्रहरीले जनाएको छ । कचनकवल गाउँपालिका क्षेत्रमा आधा दर्जन इँटा उद्योग सञ्चालित छन् । ती उद्योगमा अधिकांश कामदार भारतीय रहेका बताइएको छ।  

प्रकाशित मिति: १०:४९ बजे, आइतबार, माघ ९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्