Kathmandu Press

मुख्यमन्त्री पाण्डेद्वारा औद्योगिक क्षेत्रको निरीक्षण

चितवन, माघ ९ : शक्तिखोर औद्योगिक क्षेत्रको बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले निरीक्षण गर्नुभएको छ । प्रदेशका मन्त्रीसहित उद्योगी–व्यवसायीको उपस्थितिमा शनिबार उनले सो क्षेत्रको...
मुख्यमन्त्री पाण्डेद्वारा औद्योगिक क्षेत्रको निरीक्षण

चितवन, माघ ९ : शक्तिखोर औद्योगिक क्षेत्रको बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले निरीक्षण गर्नुभएको छ । प्रदेशका मन्त्रीसहित उद्योगी–व्यवसायीको उपस्थितिमा शनिबार उनले सो क्षेत्रको निरीक्षणका साथै जानकारी लिएका हुन् ।

सो अवसरमा मुख्यमन्त्री पाण्डेले औद्योगिक क्षेत्र छिटो सम्पन्न गर्न प्रदेश सरकारका तर्फबाट सक्दो पहल गर्ने आश्वासन  दिए। उनले भने, ‘यो आयोजना सम्पन्न गर्न धेरै रकम खर्च हुने र सबै एकैपटक सम्पन्न गर्न कठिन हुने हुँदा चरणबद्ध काम सम्पन्न गर्न सङ्घीय सरकारलाई आग्रह गरिने छ । साथै भरतपुरमा बन्दै गरेको औद्योगिक प्रदर्शनी केन्द्रलाई बजेट विनियोजन गराएर सम्पन्न गराउन आफ्नो सहयोग रहने छ।’

आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णप्रसाद खनाल, श्रम रोजगार तथा यातायातमन्त्री घनश्याम दाहाल ,प्रदेशका नीति तथा योजना आयोगका उपाध्यक्ष डा कृष्णराज पन्त, कालिका नगरपालिकाका प्रमुख खुमनारायण श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी आस्मान तामाङ, बागमती प्रदेश उद्योग परिसङ्घका अध्यक्ष भेषराज दुवाडी, उद्योग सङ्घ चितवनका अध्यक्ष त्रिलोचन कँडेल,  उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष राजु श्रेष्ठ लगायतको सो अवसरमा उपस्थिति थियो।

शक्तिखोरमा एक हजार ७४१ बिघा क्षेत्रफलमा औद्योगिक क्षेत्र बनाउन विस्तृत अध्ययन प्रतिवेदन र वातावरणीय प्रभाव मूल्याङ्कनको काम सम्पन्न भएको छ । रुख कटान गरी थप कामका लागि प्रक्रिया अघि बढेको छ । विसं २०७४ बाट प्रक्रिया अघि बढाइएको भए पनि काम  सुस्तगतिमा अघि बढेको हो । उद्योगी व्यवसायीले छिटो औद्योगिक क्षेत्र सञ्चालनमा ल्याउन अनुरोध गर्दै आएका छन्। 

प्रकाशित मिति: १०:४८ बजे, आइतबार, माघ ९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्