Kathmandu Press

वैशाखमा एसईई गर्ने राष्ट्रिय परीक्षा बोर्डको तयारी

काठमाडौं, माघ ९ : यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) वैशाखमा गर्ने राष्ट्रिय परीक्षा बोर्डले तयारी गरेको छ।संसद्को शिक्षा तथा स्वास्थ्य समितिले एसईई...
वैशाखमा एसईई गर्ने राष्ट्रिय परीक्षा बोर्डको तयारी

काठमाडौं, माघ ९ : यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) वैशाखमा गर्ने राष्ट्रिय परीक्षा बोर्डले तयारी गरेको छ।

संसद्को शिक्षा तथा स्वास्थ्य समितिले एसईई खारेज गर्न सुझाव दिएको थियो। जसले गर्दा एसईई हुन्छ की हुँदैन भन्ने द्विविधा थियो।

राष्ट्रिय परीक्षा बोर्डले भने एसईईको तयारी भइरहेको जनाएका छ। वैशाखको सुरुआतमै परीक्षा गर्ने तयारी भइरहेको बोर्डका अध्यक्ष महाश्रम न्यौपानेले बताए।

उनका अनसार केही दिनभित्र परीक्षा तालिका सार्वजनिक हुने भएको छ। वैशाखमा परीक्षा गर्दा पनि कक्षा ११ का नयाँ शैक्षिक सत्रमा कुनै असर नपर्ने गरी परीक्षाफल प्रकाशित हुने उनको भनाइ छ।

विगतमा चैतमा एसईई परीक्षा हुने गरेको थियो। कोरोना भाइरसको महामारीका कारण गत दुई वर्ष परीक्षा हुन सकेको थिएन। आन्तरिक मूल्यांकनका आधारमा नतिजा प्रकाशन गरिएको थियो।

यस पटक भने परीक्षा हुने र त्यसका लागि तयारी गर्न बोर्ड अध्यक्ष न्यौपानेले विद्यार्थी र शिक्षकलाई आग्रह गरेका छन्।

प्रकाशित मिति: ०८:१८ बजे, आइतबार, माघ ९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्