Kathmandu Press

पूर्वप्रधानन्यायाधीशको निधनमा देशभरका अदालत बन्द

काठमाडौं, माघ ९ : पूर्वप्रधानन्यायाधीश मोहनप्रसाद शर्माको निधनको शोकमा आज देशभरका अदालत बन्द हुने भएका छन्।पूर्वप्रधानन्यायाधीश शर्माको माघ ५ गते निधन भएको थियो।...
पूर्वप्रधानन्यायाधीशको निधनमा देशभरका अदालत बन्द

काठमाडौं, माघ ९ : पूर्वप्रधानन्यायाधीश मोहनप्रसाद शर्माको निधनको शोकमा आज देशभरका अदालत बन्द हुने भएका छन्।

पूर्वप्रधानन्यायाधीश शर्माको माघ ५ गते निधन भएको थियो। उनको शनिबार अन्त्यष्टि गरिएको छ।

सर्वोच्च अदालतको शनिबार बसेको आकस्मिक पूर्ण बैठकले शोक प्रस्ताव पारित गरी शर्माको निधनमा देशभरका अदालतमा शोक बिदा दिने निर्णय गरेको हो।

सर्वोच्चको निर्णयअनुसार, आज सर्वोच्च अदालतसहित देशभरका उच्च अदालत, जिल्ला अदालत, विशेष अदालत एवं अन्य अदालत र न्यायाधीकरण बन्द रहने भउका छन्।

पूर्वप्रधानन्यायाधीश शर्माको ८८ वर्षको उमेरमा निधन भएको थियो। उनी २०१६ सालमा सरकारी सेवामा प्रवेश गरेका थिए। उनी २०५४ चैतदेखि २०५६ मंसिर ३० गतेसम्म प्रधानन्यायाधीश भएका थिए।

प्रकाशित मिति: ०७:५७ बजे, आइतबार, माघ ९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्