Kathmandu Press

म्याग्दे गाउँपालिकामा अत्यावश्यकबाहेकका सेवा बन्द

दमौली, माघ ८ : जनप्रतिनिधि तथा कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि तनहुँको म्याग्दे गाउँपालिकाले अत्यावश्यकबाहेकका सेवा चार दिन बन्द गर्ने निर्णय गरेको छ।कोभिड–१९...
म्याग्दे गाउँपालिकामा अत्यावश्यकबाहेकका सेवा बन्द

दमौली, माघ ८ : जनप्रतिनिधि तथा कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि तनहुँको म्याग्दे गाउँपालिकाले अत्यावश्यकबाहेकका सेवा चार दिन बन्द गर्ने निर्णय गरेको छ।

कोभिड–१९ को सङ्क्रमणबाट सङ्क्रमित भई आइसोलेशनमा रहनुभएका जनप्रतिनिधि तथा कर्मचारीको सम्पर्कमा रहेकालाई थप सङ्क्रमण हुनबाट बचाउन गाउँपालिकाले चार दिन सेवा बन्द गर्ने निर्णय गरेको हो। माघ ९ गतेदेखि १२ गतेसम्म अत्यावश्यकबाहेकका सबै सेवा बन्द गर्ने निर्णय भएको अध्यक्ष मायादेवी रानाले जानकारी दिए। यसअघि जिल्लाको शुक्लागण्डकी नगरपालिका र आँबुखैरेनी गाउँपालिकाले पनि अत्यावश्यकबाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरिसकेको छ।

Hardik ivf

स्वास्थ्यकेन्द्रको सेवा स्थगित

तनहुँको भिमाद नगरपालिका–६ स्थित प्राथमिक स्वास्थ्य केन्द्रका चिकित्सक तथा स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि सेवा बन्द गरिएको छ। स्वास्थ्य केन्द्रमा कार्यरत सबै चिकित्सक, पारामेडिक्स स्टाफ, तीन जना नर्सिङ कर्मचारी, फार्मेसी, एक्सरे, आँखा उपचार कक्षका कर्मचारी र कार्यालय सहयोगीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि स्वास्थ्यकेन्द्रको सेवा बन्द गरिएको हो।

प्रसूति र प्रयोगशालाको एन्टिजेन सेवाबाहेक अरु सम्पूर्ण सेवा स्थगन गरिएको स्वास्थ्य केन्द्रका निमित्त प्रमुख डा सागर घिमिरेले जानकारी दिए। ज्वरो आउने, टाउको दुख्ने, शरीर दुख्ने र स्वाद हराउनेजस्ता लक्षण देखिएको र नियमित सेवा प्रवाह गर्ने एक जना स्वास्थ्यकर्मी नभएका कारण सेवा बन्द गरिएको उनले बताए। स्वास्थ्य केन्द्रमा कार्यरत तीन चिकित्सकसहित १६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।

यसैबीच जिल्लाका ४२ स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण भएको छ। पुस १७ गतेदेखि माघ ७ गतेसम्म जिल्लाका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत ४२ स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण पुष्टि भएको हो। सबैको अवस्था सामान्य रहेको र होम आइसोलेशनमा रहेको स्वास्थ्य कार्यालयले जनाएको छ।

कोरोना सङ्क्रमणबाट थप एकको मृत्यु

तेस्रो लहरको कोरोना सङ्क्रमण सुरु भएपछि पहिलोपटक तनहुँका एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बन्दीपुर गाउँपालिका–२ निवासी ९२ वर्षीया महिला रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ। ती महिलाको सङ्क्रामक तथा सरुवा रोग अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रदेश स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिए। ती महिलामा पुस २३ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो।

प्रकाशित मिति: १९:२९ बजे, शनिबार, माघ ८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्