Kathmandu Press

स्थानीय तहकाे निर्वाचन समयमै हुनुपर्छ : नेता सिंह

काठमाडौं, माघ ८ : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले स्थानीय निर्वाचन समयमै हुनुपर्नेमा जोड दिएका छन्।आज (शनिबार) डा. मिता सिंहको ‘द स्ट्रगल अफ...
स्थानीय तहकाे निर्वाचन समयमै हुनुपर्छ : नेता सिंह

काठमाडौं, माघ ८ : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले स्थानीय निर्वाचन समयमै हुनुपर्नेमा जोड दिएका छन्।

आज (शनिबार) डा. मिता सिंहको ‘द स्ट्रगल अफ गणेशमान सिंह’ नामक पुस्तक सार्वजनिक गर्ने कार्यक्रममा पत्रकारहरूसँग कुराकानी गर्दै नेता सिंहले स्थानीय तहको मात्र नभएर संघीय निर्वाचन पनि समयमै हुनुपर्ने बताए।

यसअघिको सरकारले जनताले दिएको म्यान्डेडअनुसार काम गर्न नसकेको र त्यो सरकारले संविधानविपरीत काम गरिरहेका बेला संविधानलाई ‘ट्रयाक’मा ल्याउन गठबन्धन बनेको उनले बताए।

‘गठबन्धन सरकारले धेरै काम गरेको छ, सबैभन्दा महत्त्वपूर्ण कार्य भनेको संविधानको भावना र मर्मअनुसार शासन व्यवस्था सञ्चालन गर्नु नै हो,’ उनले भने।

नेता सिंहले भौतिक पूर्वाधारमन्त्री रेणु यादवले गौर नरसंहारबारे दिएको अभिव्यक्तिको पनि आलोचना गरे। उनले कांग्रेस सधै हिंसाको विपक्षमा रहेको बताए।

प्रकाशित मिति: १७:३१ बजे, शनिबार, माघ ८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्