Kathmandu Press

सन्दीप लामिछाने क्रिकइन्फो अवार्डको एसोसिएट बलिङको मनोनयनमा 

काठमाडौं, माघ ८ : नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछाने इएसपिएन क्रिकइन्फो अवार्ड को मनोनयनमा परेका छन्। सन्दीप इएसपिएन क्रिकइन्फो अवार्डको एसोसिएट बलिङको उत्कृष्ट...
सन्दीप लामिछाने क्रिकइन्फो अवार्डको एसोसिएट बलिङको मनोनयनमा 

काठमाडौं, माघ ८ : नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछाने इएसपिएन क्रिकइन्फो अवार्ड को मनोनयनमा परेका छन्। सन्दीप इएसपिएन क्रिकइन्फो अवार्डको एसोसिएट बलिङको उत्कृष्ट पाँचको मनोनयनमा परेका हुन्। 

क्रिकेटसम्बन्धी सबैभन्दा चर्चित न्युज पोर्टल इएसपिएल क्रिकइन्फोले यो अवार्ड हरेक वर्ष आयोजना गर्छ। एसोसिएट बलिङमा सन्दीपसँगै नामिबियाका तीन र नाइजेरियाका एक खेलाडी मनोनयनमा परेका छन्।

एसोसिएट बलिङको मनोनयनमा पर्नेमा सन्दीपसँगै नामिबियाका जान फ्राइलिंक, रुबेन ट्रम्पलमेन र जेजे स्मिथ छन् भने नाइजेरियाका पिटर आहो पनि छन्।

गत सेप्टेम्बरमा ओमानमा एकदिवसीय सिरिजको दोस्रो खेलमा पपुवा न्यु गिनीविरुद्ध गरेको उत्कृष्ट प्रदर्शनका कारण सन्दीप मनोनयनमा परेकाम हुन्। सो खेलमा सन्दीपले ५।१ ओभरमा ११ रन मात्र खर्चेर ६ विकेट लिएका थिए। 

जान फ्राईलिंकले युएईविरुद्ध टी-२० मा २४ रन खर्चेर ६ विकेट लिएका थिए। यस्तै रुबेनले टी–२० विश्वकपमा स्कटल्याण्डविरुद्ध १७ रन खर्चेर ३ विकेट लिएका थिए ।

यस्तै जेजे स्मिथले विश्वकप लिग टु एकदिवसीय खेलमा ओमानविरुद्ध ५ विकेट लिएका थिए। नाइजेरियाका पिटरले टी–२० मा सियरा लियोनविरुद्ध ५ रन मात्र खर्चेर ६ विकेट लिएका थिए । एसोसिएट ब्याटिङमा भने नेपालबाट कुनै खेलाडी समावेश भएका छैनन्।

प्रकाशित मिति: १७:१३ बजे, शनिबार, माघ ८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्