Kathmandu Press

उपत्यकामा ५,३०६ जनामा कोरोना पुष्टि, सक्रिय संक्रमित ४७ हजार बढी

काठमाडौं, माघ ८ : काठमाडौं उपत्यकामा एकै दिन ५ हजार ३०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा...
उपत्यकामा ५,३०६ जनामा कोरोना पुष्टि, सक्रिय संक्रमित ४७ हजार बढी

काठमाडौं, माघ ८ : काठमाडौं उपत्यकामा एकै दिन ५ हजार ३०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा काठमाडौं जिल्लामा मात्रै ३ हजार ७६२ जना संक्रमित थपिएका छन्। त्यस्तै ललितपुर र भक्तपुरमा क्रमशः १ हजार ११० र ४३४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। 

सोमबार देशभर १० हजार २५४ जना संक्रमित थपिएका छन्। यसअनुसार कुल संक्रमितको आधाभन्दा बढी संख्या उपत्यकामै रहेको छ।

पछिल्लो २४ घन्टामा थपिएकासहित उपत्यकामा सक्रिय संक्रमितको संख्या ४७ हजार २४ पुगेको छ। तीमध्ये काठमाडौंमा ३४ हजार १५९, ललितपुरमा ८ हजार २२० र भक्तपुरमा ४ हजार ६४५ जना रहेका छन्। देशभर भने सक्रिय संक्रमितको संख्या ७२ हजार ८६२ पुगेको छ।

प्रकाशित मिति: १६:३९ बजे, शनिबार, माघ ८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्