Kathmandu Press

१०,२५४ कोरोना संक्रमित थपिँदा १६ जनाकाे मृत्यु

शनिबार देशभर ७२ हजार ८६२ सक्रिय संक्रमित रहेका छन्।
१०,२५४ कोरोना संक्रमित थपिँदा १६ जनाकाे मृत्यु

काठमाडौं, माघ ८ : देशभर गत चौबिस घण्टाको अवधिमा १० हजार २५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार १८७ नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो। 

पछिल्लो २४ घण्टामा १४ हजार ४६२ नमुनाको पीसीआर परीक्षण गर्दा ८ हजार २१२ जना र ५ हजार ७२५ नमुनाको एन्टिजेन परीक्षण गर्दा २ हजार ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। 

सोही अवधिमा ७०८ जना संक्रमणमुक्त भएका छन् भने १६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। 

योसँगै मुलुकभर कोरोना संक्रमितको संख्या पीसीआरतर्फ ९ लाख ४ हजार ७९६ पुगेको छ भने एन्टिजेनतर्फ १ लाख १२ हजार ४९ जना पुगेको छ। निको हुनेको संख्या ८ लाख २० हजार २८३ पुगेको छ। मृत्यु हुनेको संख्या भने ११ हजार ६५१ पुगेको छ। 

शनिबार देशभर ७२ हजार ८६२ सक्रिय संक्रमित रहेका छन्। तीमध्ये ७१ हजार २६१ जना होम आइसोलेसनमा र १ हजार ६०१ जना संस्थागत आइसोलेसनमा रहेका छन्।

संस्थागत आइसोलेसनमा रहेकामध्ये २१० जना आइसीयू र ३७ जना भेन्टिलेटरमा रहेका छन्।

प्रकाशित मिति: १६:२९ बजे, शनिबार, माघ ८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्