Kathmandu Press

स्लोभाकियाका सभामुख र रक्षा मन्त्रीलाई सङ्क्रमण

स्लोभाकिया, माघ ८ : स्लोभाकियाका सभामुख र रक्षा मन्त्री कोरोना भाइरसबाट सङ्क्रमित भएका छन्।  सभामुख इगोर जोर्किक सङ्क्रमित भएपछि अहिले सेल्फ आइसोलेसनमा बस्नु भएको...
स्लोभाकियाका सभामुख र रक्षा मन्त्रीलाई सङ्क्रमण

स्लोभाकिया, माघ ८ : स्लोभाकियाका सभामुख र रक्षा मन्त्री कोरोना भाइरसबाट सङ्क्रमित भएका छन्।  सभामुख इगोर जोर्किक सङ्क्रमित भएपछि अहिले सेल्फ आइसोलेसनमा बस्नु भएको संसद् सचिवालयले जनाएको छ।

त्यसैगरी रक्षा मन्त्री मातेज टोनिनले पनि आफू कोरोना भाइसबाट सङ्क्रमित भएको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्। सभामुख जोर्किक गत बिहीबार सङ्क्रमित भएका हुन्। त्यो दिन देशभरि गरेर कुल नौ हजार ८५८ नयाँ सङ्क्रमित थपिएका थिए।

त्यसैगरी रक्षामन्त्री टोनिन भने शुक्रबार सङ्क्रमित हुनुभएको पुष्टि भएको हो। उनले आफूलाई कुनै लक्षण नदेखिएको र कुनै समस्या पनि नभएको स्पष्ट पारेका छन्। 

स्लोभाकियामा अहिले सभामुख र रक्षा मन्त्रीसहित कुल ९६ हजार ४८१ सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार कुल जनसङ्ख्याको पाँच प्रतिशत मानिस सङ्क्रमित भएका छन्।

प्रकाशित मिति: १६:१४ बजे, शनिबार, माघ ८, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्