Kathmandu Press

महामारी बढ्दै गएपछि पाकिस्तानमा विद्यालय बन्दको घोषणा

इस्लामाबाद, माघ ८ : कोरोना भाइरसको महामारी बढ्दै गएपछि पाकिस्तानका विद्यालय बन्द गर्ने घोषणा गरिएको छ।     कोरोना भाइरसबाट सङ्क्रमित भएकामध्ये एक हजारभन्दा बढी...
महामारी बढ्दै गएपछि पाकिस्तानमा विद्यालय बन्दको घोषणा

इस्लामाबाद, माघ ८ : कोरोना भाइरसको महामारी बढ्दै गएपछि पाकिस्तानका विद्यालय बन्द गर्ने घोषणा गरिएको छ। 
    
कोरोना भाइरसबाट सङ्क्रमित भएकामध्ये एक हजारभन्दा बढी विरामी अहिले पनि आइसियुमा रहेकाले सतर्कता बढाउनुपरेको अधिकारीको भनाइ छ। 

महामारी थप फैलिन नदिनका लागि सरकारले देशभरीका सबै विद्यालय एक हप्ता बन्द गर्ने निर्णय गरेको हो। ‘सबै  प्रकारका शैक्षिक संस्था एक हप्ता बन्द गराउने निर्णय भएको छ,’ सरकारी निकायद्वारा जारी वक्तव्यमा लेखिएको छ। 

पछिल्लो २४ घण्टामा पाकिस्तानमा कोरोनाका कारण १२ को मृत्यु भएको छ। कोरोनाका कारण पाकिस्तानमा अहिलेसम्म २९ हजार ७७ को मृत्यु भएको विवरण सार्वजनिक गरिएको छ। 

सोही अवधिमा देशभर १३ लाख ६० हजार १९ सङ्क्रमित भएका छन्। तीमध्ये छ हजार ५४० पछिल्लो २४ घण्टामा नयाँ सङ्क्रमित थपिएका हुन्।

महामारीको प्रभाव सबैभन्दा धेरै दक्षिणी सिन्ध प्रान्तमा परेको छ।  पाकिस्तानमा अहिले कोरोनाभाइरसको पाँचौँ चरणको महामारी सुरु भएको सरकारी अधिकारीले घोषणा गरेका छन्। 

प्रकाशित मिति: १६:०८ बजे, शनिबार, माघ ८, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्