Kathmandu Press

भारतमा एकैदिन थपिए ३ लाख ३७ हजार सङ्क्रमित

नयाँ दिल्ली, माघ ८ : भारतमा कोरोनाभाइरसबाट पछिल्लो एक दिनमा थप ३ लाख ३७ हजार ७०४ जना सङ्क्रमित भएका छन्।  सरकारी अधिकारीले शनिबार दिएको जानकारीअनुसार,...
भारतमा एकैदिन थपिए ३ लाख ३७ हजार सङ्क्रमित

नयाँ दिल्ली, माघ ८ : भारतमा कोरोनाभाइरसबाट पछिल्लो एक दिनमा थप ३ लाख ३७ हजार ७०४ जना सङ्क्रमित भएका छन्।  

सरकारी अधिकारीले शनिबार दिएको जानकारीअनुसार, अघिल्लो दिनको तुलनामा नौ हजार ५५० कम सङ्क्रमित भएका हुन्। अघिल्लो दिन तीन लाख ४७ हजार २५४ जना नयाँ सङ्क्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको थियो। 

Hardik ivf

दैनिक सङ्क्रमितको सङ्ख्या घटे पनि सङ्क्रमित अवस्थामै रहेकाको कुल सङ्ख्या भने बढिरहेको छ। मन्त्रालयका अनुसार भारतमा अहिले २१ लाख १३ हजार ३६५ सङ्क्रमित अवस्थामै रहेका छन्। 

सोही अवधिमा सङ्क्रमणमुक्त भएकाको कुल सङ्ख्या भने दुई लाख ४२ हजार ६७६ रहेको मन्त्रालयले जनाएको छ। योसँगै अहिलेसम्म सङ्क्रमणमुक्त भएकाको कुल सङ्ख्या तीन करोड ६३ लाख एक हजार ४८२ पुगेको अधिकारीले जानकारी दिएका छन् । 

भारतमा अहिलेसम्म चार लाख ८८ हजार ८८४ जनाको कोरोनाका कारण मृत्यु भएको छ भने ती मध्ये पछिल्लो २४ घण्टामा ४८८ को मृत्यु भएको छ।

प्रकाशित मिति: १५:५७ बजे, शनिबार, माघ ८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्