नेता वर्षमान पुन सोमबार स्वदेश फर्कंदै
काठमाडौं, माघ ८ : उपचार सिलिसलामा हाल चीनमा रहेका माओवादी केन्द्रका नेता वर्षमान पुन सोमबार नेपाल आउने भएका छन्। स्वास्थ्यमा सुधार आएकाले सोमबार राति...
काठमाडौं, माघ ८ : उपचार सिलिसलामा हाल चीनमा रहेका माओवादी केन्द्रका नेता वर्षमान पुन सोमबार नेपाल आउने भएका छन्।
स्वास्थ्यमा सुधार आएकाले सोमबार राति नेपाल फर्कन लागेको स्वकीय सचिव सन्तोष पुनले बताएका छन्। ‘नेता वर्षमान पुन ‘अनन्त’ बैंकक र चीनको लामो उपचारपछि माघ १० गते पूर्ण स्वास्थ्य लाभ गरी नेपाल फर्किदै हुनुहुन्छ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्।
गएको असोजमा उपचारका लागि उनी थाइल्यान्ड गएका थिए। स्वास्थ्यमा थप समस्या आएपछि मंसिरमा उतैबाट उनी चीन गएका थिए।
जन्डिस बिग्रिएर जटिलता उत्पन्न भएपछि थाइल्यान्डमा एक महिना उपचार गराएका नेता पुनलाई उतैबाट चीनको सेनजेन लगिएको थियो।
वर्षमान पुन देशबाहिर रहेका कारण माओवादी केन्द्रले पदाधिकारीसमेत टुंगो लगाउन सकेको छैन। महासचिवका दाबेदारसमेत रहेका पुन नेपाल फर्किएपछि पदाधिकारीको टुंगो लाग्ने आकलन गरिँदै आएको छ।











