Kathmandu Press

मुम्बईस्थित २० तले भवनमा आगलागी हुँदा सात जनाको मृत्यु

मुम्बई, माघ ८ : भारतको मुम्बईमा २० तले भवनको १८औं तलामा आज (शनिबार) बिहान आगलागी हुँदा सात जनाको मृत्यु भएको छ।तारदेव भाटिया अस्पताल...
मुम्बईस्थित २० तले भवनमा आगलागी हुँदा सात जनाको मृत्यु

मुम्बई, माघ ८ : भारतको मुम्बईमा २० तले भवनको १८औं तलामा आज (शनिबार) बिहान आगलागी हुँदा सात जनाको मृत्यु भएको छ।

तारदेव भाटिया अस्पताल नजिकै रहेको कमला भवनमा भएको आगलागीमा घाइते भएका १५ जनालाई स्थानीय अस्पतालमा भर्ना गरिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

आगलागीमा फसेकाहरूको उद्धारको कार्य जारी रहेको समाचारमा उल्लेख छ। अहिलेसम्म आगलागीको कारण खुलिसकेको छैन।

मुम्बईकी मेयर किशोरी पेडनेकरले घटनास्थलको भ्रमण गर्दै आगलागी नियन्त्रणमा आएको र अझै पनि भवनबाट धेरै धुवाँ निस्किरहेको उल्लेख गरेकी छन्।  

प्रकाशित मिति: १४:१९ बजे, शनिबार, माघ ८, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्