पूर्वप्रधानन्यायाधीश शर्माको निधनको शोकमा आइतबार देशभरका अदालत बन्द
काठमाडौं, माघ ८ : पूर्वप्रधानन्यायाधीश मोहनप्रसाद शर्माको निधनको शोकमा आइतबार देशभरका न्यायालयहरू बन्द हुने भएका छन्।आज (शनिबार) सर्वोच्च अदालतको आकस्मिक पूर्ण बैठकले शोक प्रस्ताव...
काठमाडौं, माघ ८ : पूर्वप्रधानन्यायाधीश मोहनप्रसाद शर्माको निधनको शोकमा आइतबार देशभरका न्यायालयहरू बन्द हुने भएका छन्।
आज (शनिबार) सर्वोच्च अदालतको आकस्मिक पूर्ण बैठकले शोक प्रस्ताव पारित गरी आइतबार देशभरका अदालतहरूमा बिदा गर्ने निर्णय गरेको हो।
पूर्वप्रधानन्यायाधीश शर्माको गत बुधबार दिउँसो ८७ वर्षको उमेरमा निधन भएको थियो। परिवारका सदस्यहरू विदेशबाट आएपछि उनको आज अन्त्येष्टि गरिएको छ।
शर्मा २०५४ चैत ३० देखि २०५६ मंसिर ३० सम्म प्रधानन्यायाधीश बनेका थिए। काठमाडौंको कमलपोखरीमा १९९१ पुस १ गते जन्मेका उनी २०१६ सालमा सरकारी सेवामा प्रवेश गरेका थिए।
प्रकाशित मिति: १४:०८ बजे, शनिबार, माघ ८, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











