Kathmandu Press

एमसिसीबारे सुझाव दिन माओवादी केन्द्रले बनायाे कार्यदल

काठमाडौं, माघ ८ :  माओवादी केन्द्रले मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) बारे सुझाव दिन कार्यदल गठन गरेको छ।आज (शनिबार) पेरिसडाँडामा बसेको पूर्व स्थायी कमिटीको...
एमसिसीबारे सुझाव दिन माओवादी केन्द्रले बनायाे कार्यदल

काठमाडौं, माघ ८ :  माओवादी केन्द्रले मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) बारे सुझाव दिन कार्यदल गठन गरेको छ।

आज (शनिबार) पेरिसडाँडामा बसेको पूर्व स्थायी कमिटीको बैठकमा एमसिसीबारे चर्को आवाज उठेपछि सुझाव दिन कार्यदल गठन गरिएको जनाइएको छ।

सोही कार्यदलले दिने सुझावका आधारमा एमसिसीबारे परिमार्जन र संशोधनसहितको धारणा तय गरेर अगाडि बढ्ने विषयमा छलफल हुने माओवादी केन्द्रले जनाएको छ।

बैठकमा तीन तहकै चुनाव सकेसम्म कम खर्चमा एकैपटक कसरी गर्न सकिन्छ भन्ने  विषयमा छलफलसमेत भएको जनाइएको छ। कोरोना महामारी कम नभएसम्म जनपरिचालनका कामको जिम्मा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिने निर्णय पनि बैठकले गरेको छ।

बैठकले बाँकी सांगठनिक काम टुंग्याउने जिम्मा पनि पार्टी प्रचण्डलाई दिएका छ।

प्रकाशित मिति: १३:३६ बजे, शनिबार, माघ ८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्