Kathmandu Press

कोरोना बढेसँगै घले गाउँमा घटे पर्यटक

लमजुङ माघ ८ : कोरोना संक्रमण बढेसँगै पर्यटकीय घले गाउँमा पर्यटकको आवागमन घट्न थालेको छ। तेस्रो लहरको कोरोना सुरुवात हुनुअघिसम्म चहलपहल भएपनि घले...
कोरोना बढेसँगै घले गाउँमा घटे पर्यटक

लमजुङ माघ ८ : कोरोना संक्रमण बढेसँगै पर्यटकीय घले गाउँमा पर्यटकको आवागमन घट्न थालेको छ। तेस्रो लहरको कोरोना सुरुवात हुनुअघिसम्म चहलपहल भएपनि घले गाउँमा  यतिबेला पर्यटकको आगमन न्यून मात्रमा पुग्ने गरेको छ ।

कोरोना संक्रमणको तेस्रो लहरको जोखिम बढ्न थालेसँगै पर्यटक घट्न थालेको ग्रामीण घले गाउँ पर्यटन व्यवस्थापन समितिले जनाएको छ। समितिका अनुसार यसअघि दैनिक २ देखि ३ सयको हाराहारीमा पर्यटक आउने गरेकामा अहिले साताको ४०÷५० जना मात्र मुश्किलले आउने गरेका छन् ।

पर्यटकको आगमन घटेसँगै यहाँका होमस्टे संचालकहरु चिन्तित भएका छन् । कोरोनाको जोखिम बढ्न थालेपछि जिल्ला प्रशासनले २५ जनाभन्दा बढी भेला हुने कुनै कार्यक्रम नगर्न उर्दी जारी गरेकाले घले गाउँमा पर्यटक घले गाउँ होमस्टेका सञ्चालक दिर्घराज घलेले बताए।

प्रकाशित मिति: १२:०५ बजे, शनिबार, माघ ८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्