‘सर्वदलीय बैठक बस्ने कुरा भएको हो, तर आजलाई बोलाइएको होइन’
काठमाडौं, माघ ८ : शनिबार बिहानै विभिन्न सञ्चार माध्यममा प्रधानमन्त्री शेरबहादुर देउवाले साढे ९ बजेका लागि सर्वदलीय बैठक बेलाएको समाचार आए । तर,...
काठमाडौं, माघ ८ : शनिबार बिहानै विभिन्न सञ्चार माध्यममा प्रधानमन्त्री शेरबहादुर देउवाले साढे ९ बजेका लागि सर्वदलीय बैठक बेलाएको समाचार आए । तर, प्रधानमन्त्रीले सर्वदलीय बैठक नबोलाएको प्रधानमन्त्रीका प्रेम सल्लाहकार गोविन्द परियारले बताए ।
‘सञ्चार माध्यमले प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाएको भन्ने समाचार खेले । तर, त्यस्तो होइन्,’ परियारले काठमाडौं प्रेससँग भने– ‘शुक्रबार साँझ बसेको सत्तारुढ सत्तारूढ गठबन्धनको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकमा सर्वदलीय बैठकका विषयमा छलफल भएको हो। शनिबारका लागि बैठक बोलाइएको भने होइन्।’
उनले एक–दुई दिनमै सर्वदलीय बैठक बस्ने पनि बताए ।
सरकारका प्रवक्त एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पनि प्रधानमन्त्रीले सर्वदलीय बैठक नबोलाएको प्रतिक्रिया दिएका छन् । नउले संसद खुलाउने र आगामी स्थानीय तहको चुनावलगायतका विषयमा आवश्यक परे छलफलपछि सर्वदलीय बैठक बोलाइनने बताए ।











