सिन्धुपाल्चोकमा बलेरो दुर्घटना, चार जना घाइते
सिन्धुपाल्चोक, माघ ८ : सिन्धुपाल्चोकको सुनकोसी गाँउपालिका–६ नौकिलोमा बोलेरो दुर्घटना भएको छ।भक्तपुरबाट दोलखा जाँदै गरेको बा १५ प ८५७७ नम्बरको बलेरो शनिबार बिहान...
सिन्धुपाल्चोक, माघ ८ : सिन्धुपाल्चोकको सुनकोसी गाँउपालिका–६ नौकिलोमा बोलेरो दुर्घटना भएको छ।
भक्तपुरबाट दोलखा जाँदै गरेको बा १५ प ८५७७ नम्बरको बलेरो शनिबार बिहान दुर्घटना हुँदा चार जना घाइते भएको प्रहरीले जनाएको छ।
प्रहरीकाअनुसार घाइतेमध्ये तीन जनाको अवस्था सामान्य छ भने एक जनाको ढाडमा चोट लागेको छ । घाइतेको सिन्धु सदाबहार अस्पताल खाडीचौरमा उपचार भइरहेको छ ।
गाडी अनियन्त्रित भइ सडकबाट करिब सय मिटर तल खसेको थियो ।
प्रकाशित मिति: १०:१० बजे, शनिबार, माघ ८, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











