Kathmandu Press

हत्याका आरोपी नौ वर्षपछि पक्राउ

काभ्रे, माघ ८ : काभ्रेको बेथानचोकमा भएको एक हत्यामा संलग्न आरोपी ९ वर्षपछि पक्राउ परेका छन्। साविक चलालगणेशस्थान गाविस–२ का १८ वर्षीय एन्जल...
हत्याका आरोपी नौ वर्षपछि पक्राउ

काभ्रे, माघ ८ : काभ्रेको बेथानचोकमा भएको एक हत्यामा संलग्न आरोपी ९ वर्षपछि पक्राउ परेका छन्। साविक चलालगणेशस्थान गाविस–२ का १८ वर्षीय एन्जल तामाङको हत्यामा संलग्न भई फरार रहेका बेथानचोक गाउँपालिका–२ का ३३ वर्षीय निलबहादुर तामाङलाई नौ वर्षपछि प्रहरीले पक्राउ गरेको हो।

उनलाई भक्तपुरको दूधपाटीमा लुकीछिपी बसेको अवस्थामा प्रहरीले शुक्रबार पक्राउ गरेको हो।  उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत धुलिखेल पठाइएको छ।

प्रहरीका अनुसार २०६९ कात्तिक ८ गते स्थानीय गणेश निम्न माध्यमिक विद्यालयमा सांस्कृतिक कार्यक्रमका क्रममा दुई गाउँलेबीच झडप हुँदा प्रतिवादीसमेतले धारिलो हतियार प्रहार गरी एन्जलको हत्या गरेका थिए ।

अदालतले २०७४ असार १४ गते प्रतिवादी निलबहादुरलाई २० वर्ष कैद सजाय फैसला सुनाएको थियो । प्रहरीले यसअघि गत मङ्गलबार एन्जलको हत्यामा संम्लग्न भएका अर्का एक प्रतिवादी बेथानचोक गाउँपालिका–४ का फौदे भनिने २५ वर्षीय पोते तामाङलाई पक्राउ गरेको थियो । उनलाई पनि जिल्ला अदालतले सोही दिन २० वर्ष कैद फैसला सुनाएको थियो ।

प्रकाशित मिति: १०:०१ बजे, शनिबार, माघ ८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्