काठमाडौंमा भेटियो ३ जनाको शव
काठमाडाैं, पुस ८ : काठमाडौंमा एकै दिन तीन जनाको शव भेटिएको छ। विभिन्न स्थानामा शुक्रबार तीन जनाको शव भेटिएको प्रहरीले जनाएको छ।बुढानीलकन्ठ–२ भंगाल...
काठमाडाैं, पुस ८ : काठमाडौंमा एकै दिन तीन जनाको शव भेटिएको छ। विभिन्न स्थानामा शुक्रबार तीन जनाको शव भेटिएको प्रहरीले जनाएको छ।
बुढानीलकन्ठ–२ भंगाल डेरा गरी बस्ने महोत्तरी बर्दिवासकी ४५ वर्षीया सविता थापा मृत्तावस्थामा भेटिएकी छिन् ।
यस्तै, काठमाडौं–१९ ढोकाटोलस्थित सडकपेटीमा एक पुरुषको शव भेटिएको प्रहरीले जनाएको छ। यस्तै काठमाडौं–१९ पहिचान नखुलेकै करीब ४५ वर्षीय अर्का पुरुष पनि मृत भेटिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
तीन वटै घटनाको अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
प्रकाशित मिति: ०९:५४ बजे, शनिबार, माघ ८, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











