दाङमा रुखले च्याप्दा एकको मृत्यु
दाङ, माघ ७ : देउखुरीमा रुखले च्यापेर एक जनाको मृत्यु भएको छ। मृत्युहुनेमा गढवा गाउँपालिका–२ पचहिया निवासी ३३ वर्षीय सन्तोष यादव रहेको जिल्ला...
दाङ, माघ ७ : देउखुरीमा रुखले च्यापेर एक जनाको मृत्यु भएको छ। मृत्युहुनेमा गढवा गाउँपालिका–२ पचहिया निवासी ३३ वर्षीय सन्तोष यादव रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।
शुक्रबार बिहान साढे सात बजेको समयमा घर नजिकैको जङ्गलमा स्याउला काट्न रुख चढेको बेला एक्कासी रुख ढल्दा यादव च्यापिएर मृत्यु भएको परिवारले जानकारी दिएको छ। सन्तोषका दाजु स्वामी यादवले भाइलाई रुखले च्यापेको देखेपछि उपचारका लागि अस्पताल लैजाने तयारी गर्दैगर्दा भाइको मृत्यु भएको जानकारी दिएका छन।
रुखले च्याप्दा मृतक यादवको दाहिने खुट्टा पनि भाँचिएको छ। मृतक यादवको शवलाई पोष्टमार्टमका लागि लमही अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: २०:१५ बजे, शुक्रबार, माघ ७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












