Kathmandu Press

प्रदेश १ मा ११३५ मा कोरोना सङ्क्रमण

विराटनगर, माघ ७ : प्रदेश नं १ मा पछिल्लो २४ घण्टाको अवधिमा एक हजार १३५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। प्रदेश नं...
प्रदेश १ मा ११३५ मा कोरोना सङ्क्रमण

विराटनगर, माघ ७ : प्रदेश नं १ मा पछिल्लो २४ घण्टाको अवधिमा एक हजार १३५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। प्रदेश नं १ सामाजिक विकास मन्त्रालयका अनुसार एक हजार २३६को पीसीआर परीक्षण गर्दा ७७२ र ८९८ को एन्टिजेन परीक्षण गर्दा ३६३ जनामा सङ्क्रमण देखिएको छ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ३१६, सुनसरीमा २५७, झापामा १४२, धनकुटामा पाँच, उदयपुरमा चार, संखुवासभामा तीन, इलाम र भोजपुरमा दुई/दुई, पाँचथर, तेहृथुम र खोटाङमा एक/एक र प्रदेश बाहिरका ३८ मा कोरोना सङ्क्रमण भएको हो।

Hardik ivf

मोरङको विराटनगरमा २५३, बुढीगङ्गामा १९, सुन्दरहरैचामा ११, उर्लाबारीमा सात, रङ्गेलीमा पाँच, कटहरी र स्थानीय तह नखुलेका तीन/तीन, केराबारी, लेटाङ, धनपालथान, बेलबारी, जहदा र ग्रामथानमा दुई/दुई, पथरीशनिश्चरे, रतुवामाई र कानेपोखरीमा एक/एक, सुनसरीको धरानमा १३०, इटहरीमा १००, इनरुवामा १२, दुहवीमा छ, हरिनगरमा तीन, बराह क्षेत्र र बर्जुमा दुई/दुई, गढी र रामधुनीमा एक/एक जनामा सङ्क्रमण देखिएको छ ।

मन्त्रालयका अनुसार झापाको विर्तामोडमा ३९, भद्रपुरमा २१, मेचीनगरमा १७, अर्जुनधारामा १४, दमकमा १२, कनकाईमा १०, शिवसताक्षीमा आठ, हल्दिबारीमा पाँच, बाहृदशी र कमल गाउँपालिकामा चार/चार, कचनकवलमा तीन, बुद्धशान्ति र स्थानीय तह नखुलेका दुई/दुई, गौरादहमा एक, धनकुटाको धनकुटा नगरपालिका र स्थानीय तह नखुलेका दुई/दुई, पाख्रिबासमा एक जनामा सङ्क्रमण भएको छ।

यसैगरी उदयपुरको त्रियुगामा तीन, चौदण्डीगढीमा एक, सङ्खुवासभाको मादीमा एक र स्थानीय तह नखुलेका दुई, इलामको इलाम नगरपालिका र स्थानीय तह नखुलेका एक/एक, भोजपुरको साल्पासिलिछो र रामप्रसाद राई गाउँपालिकामा एक/एक, पाँचथरको फिदिम, तेहृथुमको आठराई र खोटाङको हलेसीतुवाचुङमा एक/एक र प्रदेश बाहिरका ३८ जनामा कोरोना सङ्क्रमण भएको छ।

प्रदेशमा आज ३६ महिलासहित ८० कोरोना सङ्क्रमण मुक्त भएका छन्। यस क्षेत्रमा पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट एक महिलासहित तीनको मृत्यु भएको छ। सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार २०४ रहेको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: २०:१२ बजे, शुक्रबार, माघ ७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्