भिजिट भिसामा विदेश जान रोक

काठमाडौं, माघ ७ : सरकारले आउँदो सोमबारदेखि भिजिट भिसामा जान रोक लगाउने निर्णय गरेको छ।
गृह मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै खाडीका देश र मलेसियामा माघ १० गतेबाट अर्को आदेश नभएसम्म भिजिट भिसामा जान रोक लगाउने निर्णय गरेको हो।
खाडीका देश र मलेसियामा गई बिचल्लीमा पर्ने गरेको गुनासोको आधारमा यस्तो निर्णय गरिएको हो ।

प्रकाशित मिति: १८:४६ बजे, शुक्रबार, माघ ७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











