Kathmandu Press

संयुक्त राष्ट्रसंघले अफगानिस्तानलाई नगद सहायता प्रदान गर्ने

काबुल,  माघ ७ : संयुक्त राष्ट्रसंघले अफगानिस्तानलाई बिहीबार तीन करोड २० लाख अमेरिकी डलर मानवीय सहायता प्रदान गरेको छ ।सहायता रकम अफगानिस्तान इन्टरनेशनल बैंक...
संयुक्त राष्ट्रसंघले अफगानिस्तानलाई नगद सहायता प्रदान गर्ने

काबुल,  माघ ७ : संयुक्त राष्ट्रसंघले अफगानिस्तानलाई बिहीबार तीन करोड २० लाख अमेरिकी डलर मानवीय सहायता प्रदान गरेको छ ।

सहायता रकम अफगानिस्तान इन्टरनेशनल बैंक ९एआइबी० मार्फत् तालिवान सरकारलाई दिइएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।  

Hardik ivf

अफगानिस्तानको केन्द्रीय बैंक, डा अफगानिस्तान बैंकले अफगानिस्तानलाई संयुक्त राष्ट्रसंघीय सहायता आइरहेको र उनीहरूले तीन करोड २० लाख अमेरिकी डलर नगद प्राप्त गरेको यहाँको समाचार संस्था खामा प्रेसले अधिकारीहरूलाई उद्धृत उल्लेख गरेको छ । 

तालिवान सरकारले सहयोगहरूको खाँचो देखिएमा मानिसहरूको जीवनमा सकारात्मक परिवर्तन ल्याउने सबै मानवीय सहयोग स्वीकार गर्ने बताएको छ ।

उक्त सहायता रकम संयुक्त राष्ट्रसंघले सन् २०२२ मार्चसम्म साप्ताहिक रूपमा अफगानिस्तानलाई उपलब्ध गराउने भनेको तीन करोड अमेरिकी डलर सहयोग कार्यक्रमको एक भाग हो ।

तालिबानले अगस्त १५ मा काबुललाई आफ्नो नियन्त्रणमा लिएपछि अफगानिस्तानमा आर्थिक, मानवीय र सुरक्षा संकट गहिरो बन्दै गएको छ । 

तालिवान समूहले अफगानिस्तानको सत्ता आफ्नो नियन्त्रणमा लिएसँगै अमेरिका तथा यूरोपेली मुलुकहरूले विदेशमा रहेको अफगानिस्तानी सम्पत्ती रोकेपछि वैदेशिक सहायतामा आश्रित अफगानी अर्थतन्त्र सङ्कटग्रस्त बनेको बताइँदै आएको छ ।

अन्तर्राष्ट्रिय गैरसरकारी संस्था तथा विभिन्न अन्तर्राष्ट्रिय समुदायले अफगान जनतालाई सङ्कटमा विभिन्न सहयोग गर्दै आएका छन् । 

प्रकाशित मिति: १७:४१ बजे, शुक्रबार, माघ ७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्