Kathmandu Press

कांग्रेसका १६ जिल्लाको अधिवेशन स्थगित

काठमाडौं, माघ ७ : नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत जिल्ला कार्यसमितिको निर्वाचन हुन बाँकी रहेका १६ जिल्लाको जिल्ला कार्यसमितिको अधिवेशन कोभिड–१९ का कारण स्थगित गरिएको...
कांग्रेसका १६ जिल्लाको अधिवेशन स्थगित

काठमाडौं, माघ ७ : नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत जिल्ला कार्यसमितिको निर्वाचन हुन बाँकी रहेका १६ जिल्लाको जिल्ला कार्यसमितिको अधिवेशन कोभिड–१९ का कारण स्थगित गरिएको छ।

कांग्रेसको केन्द्रीय निर्वाचन समितिले आज विज्ञप्तिमार्फत जिल्ला अधिवेशन हुन बाँकी सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, नवलपुर, बाँके, कैलाली, र अछामको अधिवेशन कोभिड–१९ को सङ्क्रमण बढ्दै गएपछि हाललाई स्थगन गरिएको जनाएको छ।

यही माघ १५ गते गर्ने भनिएका उक्त जिल्लाको जिल्ला अधिवेशन कोभिड–१९ को सङ्क्रमण बढ्दै गएपछि स्वास्थ्य सुरक्षाको जोखिमलाई ध्यानमा राखी हाललाई स्थगित गरिएको समिति सचिव केशव रिजालले जानकारी दिए।

सङ्क्रमण जोखिम न्यूनीकरण भएर आम जनजीवन सामान्य बन्दै गएपछि उक्त जिल्लाको जिल्ला कार्यसमितिको निर्वाचन तत्काल गरिने उहाँले जानकारी दिए।

प्रकाशित मिति: १७:३१ बजे, शुक्रबार, माघ ७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्