उपत्यकामा ५,२९९ संक्रमित थपिँदा काठमाडौंमा मात्रै ४,२७९ जना
काठमाडौं, माघ ७ : काठमाडौं उपत्यकामा एकै दिन ५ हजार २९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४...
काठमाडौं, माघ ७ : काठमाडौं उपत्यकामा एकै दिन ५ हजार २९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा काठमाडौं जिल्लामा मात्रै ४ हजार २७९ जना संक्रमित थपिएका छन्। त्यस्तै ललितपुर र भक्तपुरमा क्रमशः ५६७ र ४५३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
सोमबार देशभर १० हजार ७०३ जना संक्रमित थपिएका छन्। यसअनुसार कुल संक्रमितको आधाभन्दा बढी संख्या उपत्यकामै रहेको छ।
पछिल्लो समय संक्रमितको संख्या बढेसँगै सक्रिय संक्रमितको संख्या पनि दिनानुदिन बढिरहेको छ।
पछिल्लो २४ घन्टामा थपिएकासहित उपत्यकामा सक्रिय संक्रमितको संख्या ४२ हजार ५६ पुगेको छ। तीमध्ये काठमाडौंमा ३० हजार ६८८, ललितपुरमा ७ हजार १४५ र भक्तपुरमा ४ हजार २२३ जना रहेका छन्।
देशभर भने सक्रिय संक्रमितको संख्या ६५ हजार ३७४ पुगेको छ। देशभरिको तुलनामा उपत्यकाको सक्रिय संक्रमित संख्या झन्डै दुई तिहाइ पुगेको छ।











