एकैदिन १०,३०७ जनामा काेराेना संक्रमण, सक्रिय संक्रमितको संख्या ६५ हजार नाघ्यो
सोही अवधिमा ७६६ जना संक्रमणमुक्त भएका छन् भने तीन जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
काठमाडौं, माघ ७ : देशभर गत चौबिस घण्टाको अवधिमा १० हजार ३०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २३ हजार ९२ नमूनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो।
पछिल्लो २४ घण्टामा १८ हजार ६१८ नमूनाको पीसीआर परीक्षण गर्दा ८ हजार ८१५ जना र ४ हजार ४७४ नमूनाको एन्टीजेन परीक्षण गर्दा १ हजार ८८८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
सोही अवधिमा ७६६ जना संक्रमणमुक्त भएका छन् भने तीन जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।
योसँगै मुलुकभर कोरोना संक्रमितको संख्या पीसीआरतर्फ ८ लाख ९६ हजार ५८४ पुगेको छ भने एन्टीजेनतर्फ १ लाख १० हजार ७ जना पुगेको छ। निको हुनेको संख्या ८ लाख १९ हजार ५७५ पुगेको छ। मृत्यु हुनेको संख्या भने ११ हजार ६३५ पुगेको छ।
शुक्रबार देशभर ६५ हजार ३७४ सक्रिय संक्रमित रहेका छन्। तीमध्य ६३ हजार ७३४ जना होम आइसोलेसनमा र १ हजार ६४० जना संस्थागत आइसोलेसनमा रहेका छन्। संस्थागत आइसोलेसनमा रहेका मध्य १९४ जना आइसीयू र ३५ जना भेन्टिलेटरमा रहेका छन् भने १४५ जना क्वारेन्टिनमा रहेको मन्त्रालयले जानकारी दिएको छ।











