स्वास्थ्य प्रणालीमा स्रोत, साधन र जनशक्तिको अभाव हुन दिइने छैन : प्रधानमन्त्री
काठमाडौं, माघ ७ : प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य प्रणालीमा स्रोत, साधन र जनशक्तिको अभाव हुन नदिने बताएका छन्। देशवासीका नाममा सम्बोधन गर्ने क्रममा उनले तीव्र...
काठमाडौं, माघ ७ : प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य प्रणालीमा स्रोत, साधन र जनशक्तिको अभाव हुन नदिने बताएका छन्।
देशवासीका नाममा सम्बोधन गर्ने क्रममा उनले तीव्र रुपमा फैलिएको कोरोनाभाइरस संक्रमण नियन्त्रण, रोकथाम र उपचारका लागि स्वास्थ्य प्रणाली चुस्त द्रुस्त राखिएको बताएका हुन्।
कोराना महामारीका कारण भयावह अवस्था आउन नदिनका लागि खोप अभियानलाई तिव्रता दिइएको बताएका छन्। आफूले प्रधानमन्त्रीको कार्यभार सम्हाल्ने बित्तिकै नागरिकहरुलाई निः शुल्क खोपको पूर्ण मात्रा दिने प्रतिवद्दता व्यक्त गरेको र अहिले सोही अनुसार अभियान सञ्चालन गरेको प्रधानमन्त्री देउवाले बताए।
कोरोनाको तेस्रो लहरको रोकथाम, नियन्त्रण र उपचारका लागि तीनै तहको सरकारका बीचमा समन्वय र सहकार्य बढाइएको र देशभरका स्वास्थ्य संस्थामा स्रोत साधन र जनशक्तिको अभाव हुन नदिने गरी उपचार व्यवस्था चुस्त बनाइएको उनले बताए।











