निर्वाचनको पूर्वतयारीका कामहरु सम्पन्न गर्न प्रधानमन्त्रीको निर्देशन
शुक्रबार देशवासीका नाममा सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री देउवाले एक वर्षभित्र तीनै तहको निर्वाचन सम्पन्न गरिसक्नु पर्ने भएका कारण सम्बन्धित सबैलाई निर्वाचनको पूर्वतयारीका काम सम्पन्न गर्न निर्देशन दिएका हुन्।
काठमाडौं, माघ ७ : प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचनका पूर्वतयारीका कामहरु सम्पन्न गर्न निर्देशन दिएका छन् ।
शुक्रबार देशवासीका नाममा सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री देउवाले एक वर्षभित्र तीनै तहको निर्वाचन सम्पन्न गरिसक्नु पर्ने भएका कारण सम्बन्धित सबैलाई निर्वाचनको पूर्वतयारीका काम सम्पन्न गर्न निर्देशन दिएका हुन्।
‘एक वर्षभित्रै तीन तहको निर्वाचन गर्नुपर्ने दायित्व सरकारमाथि रहेको छ,’ उनले भने, ‘निर्वाचनका पूर्वतयारीका कामहरू सम्पन्न गर्न म सम्बन्धित सबैसँग अनुरोध गर्न चाहन्छु।’
प्रकाशित मिति: १६:२६ बजे, शुक्रबार, माघ ७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार