Kathmandu Press

संसदको गतिरोध अन्त्य गरी विचाराधिन विषयलाई अगाडि बढाइने छ : प्रधानमन्त्री 

काठमाडौं, माघ ७ : प्रधानमन्त्री शेरबहादुर देउवाले संसदको गतिरोध अन्त्य गरी विचाराधिन विषयलाई अगाडि बढाउन प्रतिवद्ध रहेको बताएका छन्। सरकार गठन भएको ६ महिना पुगेको...
संसदको गतिरोध अन्त्य गरी विचाराधिन विषयलाई अगाडि बढाइने छ : प्रधानमन्त्री 
फाइल तस्बिर

काठमाडौं, माघ ७ : प्रधानमन्त्री शेरबहादुर देउवाले संसदको गतिरोध अन्त्य गरी विचाराधिन विषयलाई अगाडि बढाउन प्रतिवद्ध रहेको बताएका छन्। 

सरकार गठन भएको ६ महिना पुगेको अवसरमा देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले देश र जनताको हितप्रति सरकार प्रतिवद्ध रहेको बताएका हुन्।

उनले संविधानको कार्यान्वयन, कानूनी राज्य र सुशासनको प्रत्याभूति दिलाउँदै मुलुकमा शान्ति प्रकृयालाई पूर्णता दिने र विस्तृत शान्ति सम्झौताको बाँकी कार्यभार पूरा गर्न विभिन्न पक्षसँग भएका सहमतिको कार्यान्वयन गरिने बताएका छन्। 

त्यस्तै नागरिकताको समस्या समाधान गर्न पनि सरकार प्रतिवद्ध रहेको बताएका छन् । राजनीतिक दलहरुसँगको सहमतिमा उक्त नागरिकताको समस्या समाधान गरिने प्रतिवद्धता व्यक्त गरेका छन्। 

संघीयता कार्यान्वयन एवं प्रदेश र स्थानीय तहका सरकारलाई सबलीकरण गर्ने कार्यलाई पनि सरकारले उच्च प्राथमिकतामा राखेको प्रधानमन्त्रीले बताएका छन्। संसदको गतिरोध अन्त्य गर्न दलहरुसँग छलफल गर्ने बताएका छन् । ‘संसदमा रहेका सबै राजनैतिक दलहरूसँग संवाद र सहमतिका माध्यमबाट संसदको गतिरोध अन्त्य गरी विचाराधीन विषयलाई निष्कर्षमा पु¥याईने छ,’ उनले भने। 

प्रकाशित मिति: १६:२४ बजे, शुक्रबार, माघ ७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्