Kathmandu Press

शिक्षामन्त्री र डा केसीबीच छलफल

काठमाडौं, माघ ७ : चिकित्सा शिक्षा क्षेत्रका विद्यमान समस्या समाधान गर्न शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले आज वरिष्ठ चिकित्सक डा गोविन्द केसीसँग छलफल...
शिक्षामन्त्री र डा केसीबीच छलफल

काठमाडौं, माघ ७ : चिकित्सा शिक्षा क्षेत्रका विद्यमान समस्या समाधान गर्न शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले आज वरिष्ठ चिकित्सक डा गोविन्द केसीसँग छलफल गरेका छन्।

मन्त्री पौडेलले डा केसीसँग गहन छलफल भएको र उनका महत्वपूर्ण सुझावलाई ग्रहण गरिने बताएका छन्।

चिकित्सा शिक्षा क्षेत्र सुधारका लागि पटकपटक अनशन बस्नुभएका डा केसीले अझै विगतमा पूरा नभएका मागहरु सम्बोधनका लागि आग्रह गरेका छन्।

प्रकाशित मिति: १५:१० बजे, शुक्रबार, माघ ७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्