Kathmandu Press

काठमाडौंमा अनलाईमार्फत जुवा खेलाउने  १२ जना  पक्राउ

काठमाडौं, माघ ७ : काठमाडौंमा अनलाईनमार्फत जुवा खेलाउने १२ जना पक्राउ परेका छन्।  महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौंको कीर्तिपुर नगरपालिकाका चोभार लगायत विभिन्न स्थानका...
काठमाडौंमा अनलाईमार्फत जुवा खेलाउने  १२ जना  पक्राउ

काठमाडौं, माघ ७ : काठमाडौंमा अनलाईनमार्फत जुवा खेलाउने १२ जना पक्राउ परेका छन्।  महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौंको कीर्तिपुर नगरपालिकाका चोभार लगायत विभिन्न स्थानका घरबाट १२ जनालाइ पक्राउ गरेको हो। 

पक्राउ पर्नेहरुमा कीर्तिपुर नगरपालिका–६ चोभार बस्ने ३३ वर्षीय सुजेन्द्र थापा, १७ वर्षीय २ जना किशोर, २७ वर्षीया कबिता थापा, ३० वर्षीय रबिन खड्का, सोही नगरपालिका–१० कीर्तिपुर बस्ने ४५ वर्षीय बुद्ध महर्जन,  सोही नगरपालिका–८ पाँगा बस्ने २० वर्षीया रोजा महर्जन, सोही ठाउँ बस्ने १९ वर्षीय साहिल महर्जन, सोही नगरपालिका–१० बस्ने १९ वर्षीया हनिशा महर्जन, सोही नगरपालिका–९ नगाउँ बस्ने ३५ वर्षीय प्रदिपमान सिंह बस्नेत,  काठमाडौं कीर्तिपुर बस्ने बझाङ केदारसिउ गाउँपालिका–५ घर भएका १९ वर्षीय बिनोद ठगुन्ना र काठमाडौं कीर्तिपुर बस्ने सिन्धुपालचोक मेलम्ची नगरपालिका–१३ घर भएकी १७ वर्षीया किशोरी रहेका छन् । 

विभिन्न स्थानमा अनलाईन जुवा खेलाइरहेको सूचनाका आधारमा महानगरीय अपराध महाशाखाको टोलीले उनीहरुलाई जुवा खेलाइरहेको अवस्थामा पक्राउ गरेको  हो। उनीहरुको साथबाट अनलाईन जुवा खेलाई रहेको अवस्थामा उक्त जुवा खेलाउन प्रयोग हुने १४ थान ल्यापटप, १७ थान मोबाईल,  कम्पुटर मोनिटर २ थान, राउटर ३ थान, गेमिङ बिबरण लेखिएका रजिस्टरहरु र २ थान वोर्ड लगायतका उपकरणहरु बरामद गरिएका छन्। 

पक्राउ परेकामध्ये  सुजेन्द्र थापा, प्रदिपमान सिंह बस्नेत र बुद्द महर्जनले अनलाईन जुवा खेलाउनका लागि २४ सै घण्टा सिफ्टवाईज रुपमा अनलाईन मार्फत जुवा खेलाउनका लागि कर्मचारीहरु समेत राखेको पाइएको छ। 

यसरी राखिएका कर्मचारीहरुले  फेसबुक आइडीमार्फत अमेरिकी तथा युरोपियन नागरिकहरुलाई साथी बनाई जुवा, फायर कायिरिङ, रिभर सुइप्स, रिभर मन्सटर, भेगास एक्स लगायतका अनलाईन जुवा खेल्न लिङ्क शेयर गर्ने र उक्त गेममा अमेरिकी डलर लोड गर्न लगाई गेम खेलाउने तथा जित्ने पक्षलाई तोकिएको धनराशी समेत पुरस्कारको रुपमा दिने गरेको प्रहरीले जनाएको छ।


प्रहरीका अनुसार  करिब १० महिना अगाडिदेखि महिनाको करिब १ लाख अमेरिकी डलर भन्दा बढी रकम हारजित हुने गरी अनलाईन जुवा खेलाउने गरेको पाइएको छ। 

उनीहरुलाई आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको उक्त महाशाखाले जनाएको छ ।

प्रकाशित मिति: १४:१६ बजे, शुक्रबार, माघ ७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्