Kathmandu Press

भारतमा एकैदिन थपिए साढे तीन लाख संक्रमित

नयाँ दिल्ली, माघ ७ : भारतमा कोरोना भाइरसबाट एकै दिनमा थप झन्डै साढे तीन लाख मानिस सङ्क्रमित भएका छन्।  सरकारी अधिकारीहरूले शुक्रबार दिएको जानकारीअनुसार...
भारतमा एकैदिन थपिए साढे तीन लाख संक्रमित

नयाँ दिल्ली, माघ ७ : भारतमा कोरोना भाइरसबाट एकै दिनमा थप झन्डै साढे तीन लाख मानिस सङ्क्रमित भएका छन्।  सरकारी अधिकारीहरूले शुक्रबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा ३ लाख ४७ हजार २५४ जना नयाँ संक्रमित भएका हुन्।

दैनिक संक्रमितहरूको सङ्ख्या १७.९७ प्रतिशतको दरले वृद्धि भएको पनि भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ।  अघिल्लो दिन विहीवार सार्वजनिक गरिएको तथ्यांकको तुलनामा शुक्रबार सार्वजनिक गरिएको विवरणमा सङ्क्रमितहरूको सङ्ख्या २९ हजार ७२२ बढी रहेको छ ।

Hardik ivf

अघिल्लो दिन भारतमा ३ लाख १७ हजार ५३२ जना नयाँ सङ्क्रमित भएको विवरण सार्वजनिक गरिएको थियो। सङ्क्रमितहरूको सङ्ख्यामा साप्ताहिक रुपमा १६.५६ प्रतिशतले वृद्धि भएको पाइएको पनि अधिकारीहरूले जनाएका छन्।

भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाहरूको सङ्ख्या पनि दिन प्रति दिन बढ्दै गइरहेको तथ्यांकले देखाएको छ। पछिल्लो विवरण अनुसार भारतमा अहिले २० लाख १८ हजार ८२५ जना कोरोना भाइरसबाट सङ्क्रमित अवस्थामै रहेका छन्।

पछिल्लो २४ घण्टामा सङ्क्रमणमुक्त भएकाहरूको सङ्ख्या भने दुई लाख ५१ हजार ७७७ रहेको छ। एउटै अवधिमा नयाँ सङ्क्रमितहरूको सङ्ख्या भन्दा सङ्क्रमणमुक्त भएकाहरूको सङ्ख्या थोरै भएकाले पनि सक्रिय सङ्क्रमितहरूको सङ्ख्या बढ्दै गएको हो।

प्रकाशित मिति: १३:०१ बजे, शुक्रबार, माघ ७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्