माओवादी केन्द्रकाे केन्द्रीय कमिटी बैठक स्थगित
काठमाडौं, माघ ७ : नेकपा (माओवादी केन्द्र) को यही माघ ८ गतेका लागि तय गरिएको केन्द्रीय समिति बैठक स्थगित भएको छ ।कोरोना महामारीको बढ्दो...
काठमाडौं, माघ ७ : नेकपा (माओवादी केन्द्र) को यही माघ ८ गतेका लागि तय गरिएको केन्द्रीय समिति बैठक स्थगित भएको छ ।
कोरोना महामारीको बढ्दो सङ्क्रमणका कारण स्वास्थ्य मापदण्ड पालनासम्बन्धी सरकारद्वारा जारी निर्देशन र स्वास्थ्यकर्मीको सुझावलाई मध्यनजर गर्दै केन्द्रीय समितिको बैठक अर्को निर्णय नहुँदासम्मका लागि स्थगित गरिएको पार्टी केन्द्रीय कार्यालयले जनाएको छ।
पार्टीको स्थायी समितिका पूर्वसदस्य र आयोगको बैठक भने स्वास्थ्य मापदण्डको पालना गरी यही माघ ८ गते शनिबार बिहान ८ः३० बजेका लागि तय गरिएको छ। बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेछ।
प्रकाशित मिति: १२:५६ बजे, शुक्रबार, माघ ७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











