Kathmandu Press

घानामा ट्रक विस्फोटमा परी कम्तीमा १७ जनाको मृत्यु

घानामा ट्रक विस्फोटमा परी कम्तीमा १७ जनाको मृत्यु
फाइल तस्बिर

अक्रा, माघ ७ : घानाको पश्चिमी क्षेत्रमा ट्रक विस्फोट हुँदा कम्तीमा १७ जनाको मृत्यु भएको छ।

घाना वेब न्युज आउटलेटका अनुसार मोटरसाइकलसँग ठोक्किएपछि उत्खनन कार्यका लागि विस्फोटक पदार्थ बोकेको ट्रकमा विस्फोटन भएको थियो। विस्फोटबाट नजिकैका भवन र पूर्वाधारमा पनि ठूलो क्षति पुगेको जनाइएको छ।

अन्य सञ्चारमाध्यमहरूले घटनामा करिब ६० जना घाइते भएको पनि उल्लेख गरेका छन्। यद्यपि, घटनाको विस्तृत विवरण भने आउँन बाँकी छ।

प्रकाशित मिति: १२:३५ बजे, शुक्रबार, माघ ७, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्