Kathmandu Press

कंगोमा पानीजहाज दुर्घटना हुँदा १८० जना बेपत्ता

किन्सासा, माघ ७ : उत्तरपश्चिम प्रजातान्त्रिक गणतन्त्र कंगो (डिआरसी) को कंगो नदीमा आइतबार अबेर राति एउटा पानी जहाज दुर्घटना हुँदा कम्तीमा १८० जना बेपत्ता...
कंगोमा पानीजहाज दुर्घटना हुँदा १८० जना बेपत्ता

किन्सासा, माघ ७ : उत्तरपश्चिम प्रजातान्त्रिक गणतन्त्र कंगो (डिआरसी) को कंगो नदीमा आइतबार अबेर राति एउटा पानी जहाज दुर्घटना हुँदा कम्तीमा १८० जना बेपत्ता भएको स्थानीय अधिकारीहरूले बिहीबार जानकारी दिएका छन्।

करिब ६०० यात्रु बोकेको जहाज अत्यधिक भारका कारण दुर्घटना भएको हुन सक्ने  संयुक्त राष्ट्रसंघ समर्थित समाचार आउटलेट रेडियो ओकापीले केही जीवित व्यक्तिहरूको भनाइलाई उद्धृत गर्दै जनाएको छ।

विशेष गरी कंगो नदीमा  प्रायः रातको यात्रा, ओभरलोड र जहाजहरूको खराब अवस्थाका कारण बारम्बार दुर्घटना हुने गर्दछ।

प्रकाशित मिति: १२:३२ बजे, शुक्रबार, माघ ७, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्