अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा
चितवन, माघ ७ : पहिराका कारण अवरुद्ध बनेको नारायणगढ–मुग्लिन सडकखण्ड अहिले बिहान ११ बजेदेखि पुनः सञ्चालनमा आएको छ । इच्छाकामना गाउँपालिका–६ कालीखोलामा आज बिहान...
चितवन, माघ ७ : पहिराका कारण अवरुद्ध बनेको नारायणगढ–मुग्लिन सडकखण्ड अहिले बिहान ११ बजेदेखि पुनः सञ्चालनमा आएको छ । इच्छाकामना गाउँपालिका–६ कालीखोलामा आज बिहान २ः३० बजे सुक्खा पहिरो खसेर सडक अवरुद्ध भएको थियो।
नारायणगढ – मुग्लिनसडक आयोजनाका इन्जिनियर कृष्ण आचार्यका अनुसार राति देखिनै पहिरो पन्छाउने काम थालिएको थियो । तीनवटा एक्साभेटर र एउटा लोडर पहिरो पन्छाउन प्रयोग गरिएको थियो।
सडकको ३० मिटर भाग पहिराले ढाकेको उनले जानकारी दिए । झण्डै ३० मिटर सडक माथिबाट पहिरो खसेको उनले बताए। सडकको पहिरो पन्छाएसँगै यातायात सञ्चालनमा आएको छ।
प्रकाशित मिति: १२:१९ बजे, शुक्रबार, माघ ७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











