Kathmandu Press

लेखा परीक्षण प्रतिवेदन नबुझाउने तीन राजनीतिक दलको दर्ता खारेज 

काठमाडौं, माघ ७ : निर्वाचन आयोगले तीन राजनीतिक दलको दर्ता खारेज गरेको छ। लेखा परीक्षण प्रतिवेदन नबुझाएका तीन दलहरु नेपाल युवा किसान पार्टी, ३३ दलीय...
लेखा परीक्षण प्रतिवेदन नबुझाउने तीन राजनीतिक दलको दर्ता खारेज 

काठमाडौं, माघ ७ : निर्वाचन आयोगले तीन राजनीतिक दलको दर्ता खारेज गरेको छ। 

लेखा परीक्षण प्रतिवेदन नबुझाएका तीन दलहरु नेपाल युवा किसान पार्टी, ३३ दलीय मोर्चा र नेपाल शान्ति क्षेत्र परिषदको दर्ता खारेज गरेको आयोगले जनाएको छ।

आयोगका अनुसार यी तीन दलले लेखा परीक्षण प्रतिवेदन नबुझाएपछि गत साउन २० गते सार्वजनिक सूचना जारी गरेर ३० दिनभित्र २० हजार जरिवाना बुझाउन भनिएको थियो। 

जरिवाना तीन नआएपछि आयोगले दल दर्ता खारेज गरिदिएको हो।  

नेपाल युवा किसान पार्टी २०७३ मंसिर ३० गते, ३३ दलीय मोर्चा २०७४ असार २८ गते र नेपाल शान्ति क्षेत्र परिषद २०७४ असार ३० गते आयोगमा दर्ता भएका थिए ।

प्रकाशित मिति: १२:१३ बजे, शुक्रबार, माघ ७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्