Kathmandu Press

मध्यपश्चिम विश्वविद्यालयमा परीक्षाका कार्यक्रम स्थगित

कर्णाली, माघ ७ : मध्यपश्चिम विश्वविद्यालय परीक्षा व्यवस्थापन कार्यालयले परीक्षाका सबै कार्यक्रम स्थगन गरेको छ। परीक्षा व्यवस्थापन कार्यालयले कोभिड–१९ को नयाँ भेरियन्टको सङ्क्रमण फैलावटका कारण...
मध्यपश्चिम विश्वविद्यालयमा परीक्षाका कार्यक्रम स्थगित

कर्णाली, माघ ७ : मध्यपश्चिम विश्वविद्यालय परीक्षा व्यवस्थापन कार्यालयले परीक्षाका सबै कार्यक्रम स्थगन गरेको छ। 

परीक्षा व्यवस्थापन कार्यालयले कोभिड–१९ को नयाँ भेरियन्टको सङ्क्रमण फैलावटका कारण आजदेखि परीक्षा स्थगन भएको जनाएको छ।

परीक्षा व्यवस्थापन प्रमुख डा आनन्दप्रसाद सुवेदीले अर्को सूचना जारी नभएसम्म परीक्षा स्थगन गरिएको जानकारी दिए। 

यही माघ २ गतेदेखि इञ्जीनियरिङ सङ्कायअन्तर्गत स्नातक तह प्रथम सेमेस्टरको परीक्षा चलिरहेको थियोे । स्थगन गरिएका परीक्षाका कार्यक्रम कम्तीमा सात दिनको सूचना दिई पुनः प्रकाशन गरिने परीक्षा व्यवस्थापन कार्यालयले जनाएको छ।
 

प्रकाशित मिति: ११:४७ बजे, शुक्रबार, माघ ७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्