अपराह्न ३ बजे प्रधानमन्त्री देउवाले देशवासीका नाममा सम्बोधन गर्ने
पछिल्लो समय तीव्र गतिमा फैलिएको कोरोनाभाइरसको संक्रमण, त्यसका प्रभाव, रोकथाम लगायत हालसम्म सरकारबाट भएका कामकारवाही बारे जनतालाई अवगत गराउन प्रधानमन्त्रीले देशवासीका नाममा सम्वोधन गर्न लागेका हुन्।
काठमाडौं, माघ ७ : प्रधानमन्त्री शेरबहादुर देउवाले देशवासीका नाममा सम्बोधन गर्ने भएका छन् ।
आज अपराह्न ३ बजे प्रधानमन्त्री निवास बालुवाटारबाट देउवाले देशवासीका नाममा सम्बोधन गर्न लागेका प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले काठमाडौं प्रेसलाई जानकारी दिएका छन्।
उनका अनुसार प्रधानमन्त्रीको सम्बोधन नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुनेछ।
पछिल्लो समय तीव्र गतिमा फैलिएको कोरोनाभाइरसको संक्रमण, त्यसका प्रभाव, रोकथाम लगायत हालसम्म सरकारबाट भएका कामकारवाही बारे जनतालाई अवगत गराउन प्रधानमन्त्रीले देशवासीका नाममा सम्वोधन गर्न लागेका हुन्।
प्रकाशित मिति: १०:५२ बजे, शुक्रबार, माघ ७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार