Kathmandu Press

आज सत्तारुढ दलको उच्चस्तरीय सतितिको बैठक बस्दै

काठमाडौं, माघ ७ : आज सत्तारुढ गठबन्धनको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक बस्दै छ।प्रधानमन्त्री निवास बालुवाटारमा आज अपराह्न ४ बजे उच्चस्तरीय राजनीतिक समन्वय...
आज सत्तारुढ दलको उच्चस्तरीय सतितिको बैठक बस्दै

काठमाडौं, माघ ७ : आज सत्तारुढ गठबन्धनको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक बस्दै छ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज अपराह्न ४ बजे उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक बस्न लागेको हो। आगामी निर्वाचनका विषयमा छलफल गर्न बैठक बस्न लागेको सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीले बताए।

अहिले स्थानीय चुनाव र संघीय संसदको चुनावका विषयमा बहस भइरहेको छ। प्रधानमन्त्री शेरबहादुर देउवा वैशाखमै स्थानीय तहको चुनाव गर्नुपर्ने पक्षमा छन्।

तर, सत्तारुढ गठबन्धनमा रहेको नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल पहिले संसदीय चुनाव गर्नुपर्ने पक्षमा छन्। माओवादी अध्यक्ष प्रचण्डले विभिन्न सञ्चारमाध्यममा दिएको अन्तर्वार्तामा पनि पहिले संसदीय चुनाव गर्नुपर्ने तर्क गरेका छन्।

यहि बहसबीच बिहीबार साँझ प्रधानमन्त्री देउवा, माओवादी अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादी अध्यक्ष नेपालबीच भेटवार्ता भएको थियो। तीनै नेताको सहमति पछि आज अपराह्न उच्चस्तरीय समन्वय समितिको बैठक बोलाइएको जनाइएको छ।

समितिको बैठकमा चुनावको विषयमा छलफल हुने जनाइएको छ। यससँगै कोरोना भाइरसको संक्रमण रोकथामका विषयमा पनि छलफल हुने जनाइएको छ।

प्रकाशित मिति: ०८:३३ बजे, शुक्रबार, माघ ७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्