Kathmandu Press

पहिरोले नारायणगढ-मुग्लिन सडक अवरुद्ध

काठमाडौं, माघ ७ : पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ।चितवनको इच्छाकामना गाउँपालिका–६ कालीखोलामा आज बिहान २ः३० बजे सुक्खा पहिरो खसेको प्रहरीले जनाएको...
पहिरोले नारायणगढ-मुग्लिन सडक अवरुद्ध

काठमाडौं, माघ ७ : पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ।

चितवनको इच्छाकामना गाउँपालिका–६ कालीखोलामा आज बिहान २ः३० बजे सुक्खा पहिरो खसेको प्रहरीले जनाएको छ।

पहिराका कारण दुईतर्फी सडक अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। कार्यालयका अनुसार पहिरो पन्छाउन करिब तीन घण्टा लाग्ने छ।

पहिराका कारण नारायणगढ–मुग्लिन सडकखण्ड भएर चल्ने सवारी साधन रोकिएका छन्। बिहानैदेखि गाडीको लामो लाइन लागेको छ।

यो सडकखण्डमा पटकपटक सुख्खा पहिरो खस्दै आएको छ।

प्रकाशित मिति: ०८:०६ बजे, शुक्रबार, माघ ७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्