आज पनि वर्षा र हिमपातको सम्भावना
काठमाडौं, माघ ७ : पश्चिमी वायुको प्रभावका कारण आज पनि देशका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।जल तथा मौसम विज्ञान...
काठमाडौं, माघ ७ : पश्चिमी वायुको प्रभावका कारण आज पनि देशका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। त्यस्तै, आज बिहान देशभर आंशिकदेखि सामान्य बदली भई प्रदेश १ र बागमती प्रदेशका केही स्थानमा हल्का वर्षा र हिमपात भइरहेको छ।
आज दिउँसो पनि पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही तराईका भूभागमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
यसैगरी, पहाडी भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाको आकलन छ।
आज राति पहाडी भूभागमा आंशिकदेखि सामान्यतया बदली रही तराईका भूभागमा सामान्यतः सफा रहनेछ। पहाडी भूभागका केही स्थानमा भने हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
त्यस्तै, उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा भने राति पनि हल्का हिमपातको सम्भावना छ। चिसो बढ्न सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।











