अब विवाह, व्रतबन्धमा पूर्ण खोप लगाएका २० जना सहभागी हुन पाउने
काठमाडौं, माघ ६ : काठमाडौं उपत्यकाका जिल्ला प्रशासन कार्यालयले माघ ७ गते मध्यरातदेखि लागू हुने गरी नयाँ आदेश जारी गरेको छ। यसअघिको आदेशमा विवाह,....jpg)
काठमाडौं, माघ ६ : काठमाडौं उपत्यकाका जिल्ला प्रशासन कार्यालयले माघ ७ गते मध्यरातदेखि लागू हुने गरी नयाँ आदेश जारी गरेको छ।
यसअघिको आदेशमा विवाह, व्रतबन्ध, न्वारन, पास्न जस्ता धार्मिक, सांस्कृतिक कार्यमा पचास जनाको उपस्थितिमा गर्न सकिने उल्लेख गरिएको भएपनि अब यस्ता कार्यक्रम गर्दा कार्यक्रममा सहभागी हुन पाउनेको संख्या ५० बाट २० पुर्याइएको छ।
अब पार्टी प्यालेसमा एक पटकमा कुल क्षमताको बढीमा एक चौथाइमा नबढ्ने गरी पूर्ण खोप लगाएका २० जना मात्र उपस्थित रहन पाइनेछ।
प्रकाशित मिति: २१:४२ बजे, बिहीबार, माघ ६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











