Kathmandu Press

कोरोना संक्रमण उकालो लागेपछि उपत्यकामा थप कडाई, अब के-के गर्न पाइन्न ? (आदेशसहित) 

काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले भोली (शुक्रबार) राती १२ बजेपछि लागू हुने गरी विभिन्न गतिविधिहरुमा निषेध गरेको हो ।
कोरोना संक्रमण उकालो लागेपछि उपत्यकामा थप कडाई, अब के-के गर्न पाइन्न ? (आदेशसहित) 

काठमाडौं, माघ ६ : काठमाडौं उपत्यकामा कोरोना संक्रमण उकालो लागेपछि उपत्यकामा थप कडाई गर्ने भएको छ । 

काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले भोली (शुक्रबार) राती १२ बजेपछि लागू हुने गरी विभिन्न गतिविधिहरुमा निषेध गरेको हो । यस्तै उपत्यकामा शुक्रबार राती १२ बजेदेखि लागू हुने गरी जोरबिजोर प्रणाली समेत कायम गरेको छ । 

अब सबै प्रकारका आमसभा, नाचघर, चलचित्र घर, दोहोरी, डान्स बार, हेल्थ क्लव, जिमखाना, विद्यालय सहित भीडभाड हुने स्थलहरु बन्द हुने भएका छन् भने सपिङ मलमा एकपटकमा २० जना प्रवेश पाउने गरी खोप कार्ड अनिवार्य हुनुपर्नेछ । 

यस्तै अब पार्टी प्यालेसमा हुने विवाह, ब्रतबन्ध, न्वरान, पास्नीमा वढीमा पुर्ण खोप लगाएका २० जना मात्र सामेल गराउन पाइने छ । यस्तै लामो दुरीमा चल्ने सवारी साधनले सिट क्षमता भन्दा वढी यात्रु राख्न पाउने छैनन् भने सम्भव भएसम्म एन्टिजेन परिक्षण गर्न भनिएको छ ।

प्रकाशित मिति: २१:१४ बजे, बिहीबार, माघ ६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्